एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा


काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। बैंकले अध्यक्ष अग्रवालले व्यक्तिगत कारणवश सञ्चालक तथा अध्यक्ष पदबाट राजीनामा दिएको जनाएको हो।

बैंकका अनुसार अग्रवालको राजीनामा पुस ६ गते सम्पन्न सञ्चालक समितिको ७४२औँ बैठकले स्वीकृत गरेको हो। कम्पनी सचिव कमल खड्काद्वारा हस्ताक्षरित पत्रमार्फत बैंकले  औपचारिक रूपमा गराएको हो।

अध्यक्षको राजीनामापछि बैंकको आगामी नेतृत्व र अध्यक्ष चयन प्रक्रियाबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन।