रिलायन्स फाइनान्सको सञ्चालकमा पाठक नियुक्त


काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडको सञ्चालकमा सरस्वती पाठक नियुुक्त भएकी छिन्। कम्पनीको पुष २ गते बसेको सञ्चालक समितिको ३५७ औं बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने रिक्त रहेको सो पदमा बाँकी अवधकिा लागि पाठकलाई नियुक्त गरेको हो।

बिष्णुमान जोशीले सो पदबाट दिएको राजीनामा मंसिर २ गते बसेको बैठकबाट स्वीकृत भएसँगै पाठकलाई सो पदमा नियुक्त गरिएको हो।