एनएमबि बैंकले बोलायो ३० औं वार्षिक साधारण सभा


काठमाडौं – एनएमबि बैंकले आफना शेयरधनीलाई पुष २४ गते ३० औं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुंडिखेल, काठमाडौंमा बिहान १०ः०० बजेदेखि बोलाएको हो।

बैंकको उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र बैंकको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।