नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ८ जना संस्थापक शेयरधनीको नाममा रहेको २ लाख १८ हजार १५४ कित्ता शेयर बिक्रीमा राखेको हो।

सो शेयर खरिदका लागि पहिलो प्राथमिता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिएको बैंकले जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक बैंकको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।

इच्छुकले आफुले खरिद गर्न चाहेको शेयर संख्या खुलाई बैंकको शेयर रजिष्ट्रारको कार्यालय आईटी प्लाजा, कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन्।