काठमाडौं – यो साता शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा २३.८ अंकले घटेको हाे। यो साता भएको ५ कारोबारमा १ दिन बजार बढेर बाँकी ४ दिन बजार घट्यो। यससँगै, साताभरमा कुल १९ अर्ब माथिको शेयर कारोबार भएको छ।
आइतबार नेप्से २१.४८ अंक, सोमबार ३.०२ अंकले घट्यो। त्यसैगरी, साताको तेस्रो कारोबारको दिन मंगलबार भने नेप्से झिनो ७.३९ अंकले बढेर बजार २६ सय १४ दशमलव ७ को बिन्दुमा पुग्यो।
त्यस्तै, साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार पुनः ओरालो लागेर ५.०३ अंकको गिरावटसहित बजार २६ सय ९ दशमलव ३ को विन्दुमा बन्द भएको थियो। यसैगरी साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से १.६६ अंकले घटेर बजार २६ सय ७ दशमलव ३७ को बिन्दुमा बन्द भएको थियो।
कुन दिन कति भयो कारोबार ?
आइतबार– ५ अर्ब २७ करोड रुपैयाँ
सोमबारः ४ अर्ब ६१ करोड रुपैयाँ
मंगलबारः३ अर्ब ७१ करोड रुपैयाँ
बुधबारः ३ अर्ब ६९ करोड रुपैयाँ
बिहीबारः ३ अर्ब ४६ करोड रुपैयाँ






About Us
प्रतिक्रिया