बैंकिङ्ग समाचार, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले न्यू भिम स्टोरलाई दुई लाख जरिवाना गरेको छ । वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोर उक्त कारबाही गरेको हो । स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगर जनाएको छ । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो ।
प्रतिक्रिया