बैंकिङ्ग समाचार, काठमाडौं।
आर्थिक वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्व बैंकको प्रक्षेपण छ । मंगलबार सार्वजनिक भएको नेपाल विकास अपडेट निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापनाु ले आव २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । यसअघि आव २०२३ मा विश्व बैंकले १.९ प्रतिशतको वृद्धि अनुमान गरेको थियो ।
विश्व बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ (सन् २०२४) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो । आयातमाथिको प्रतिबन्ध हटाएपछि र मौद्रिक नीतिको ‘सपोर्ट’ले औद्योगिक र सेवा क्षेत्रको विकासमा सहयोग पुग्ने विश्व बैंकको आकलन छ ।
यस्तै, आर्थिक वर्ष २०८१/०८२ ९सन् २०२५०मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो नेपाल विकास अपडेट २०२३ मा चालु आवमा सबैभन्दा बढी सेवा क्षेत्रको वृद्धिदर ५।१ प्रतिशत हुने उल्लेख छ । वास्तविकतर्फ उद्योग क्षेत्रको वृद्धिदर ३.२ र कृषि क्षेत्रको २.१ प्रतिशत वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।व्यापार घाटा जीडीपीको ३०.१ प्रतिशत हुने विश्व बैंकले जनाएको छ । नेपाल सरकारले चालु आव २०८०/८१ मा आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ ।
दक्षिण एसियामा भारत एक नम्बरमा
विश्व बैंकका अनुसार यो वर्ष दक्षिण एसियामा ५.६ प्रतिशतको आर्थिक वृद्धिदर रहनेछ । यसमध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर हुनेमा ६. ३ प्रतिशतसहित भारत रहने विश्व बैंकले जनाएको छ । यस्तै, बंगलादेशको आर्थिक वृद्धिदर ५.६ प्रतिशत, माल्दिभ्सको ५.२, भुटानको ४, नेपालको ३.९ र दक्षिण एसियामा सबैभन्दा कम श्रीलंका र पाकिस्तानको १.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।
प्रतिक्रिया