सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट 


काठमाडौं – आज मंसिर २४ गते सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत मंसिर ७ गतेदेखि १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको शेयर आज बाँडफाँट भएको हो।

कम्पनीले १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। सो शेयर खरिदका लागि कुल ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ आवेदन रद्द भएको छ भने ६२ हजार ९४७ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छ भने १० कित्ताभन्दा बढी आवेदन दिने ४२ हजार ८८२ आवेदकमध्ये ३७ हजार ५३ जनाले थप १० कित्ता अर्थात् २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।