सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। नेप्सेमा बैंकको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो।

आज कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४०५ रुपैयाँ ८० पैसालाई आधार मानेर मूल्य समायोजन भएको छ। समायोजन पश्चात् कम्पनीको मूल्य ३८६ रुपैयाँ ४८ पैसा कायम भएको छ।

अब मंगलबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ।