‘भट्टचनको बयानः ‘प्रभु म्यानेजमेन्ट  छोडिसकेपछिका वित्तीय लेनदेनप्रति म अनभिज्ञ छु’


काठमाडौं – प्रभु म्यानेजमेन्ट  तथा प्रभु मनी ट्रान्सफरसँग सम्बन्धित विवादित विप्रेषण भुक्तानी प्रकरणमा पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनले बयानका क्रममा आफूले  प्रभु म्यानेजमेन्ट प्राइभेट लिमिटडे छोडिसकेपछि सबै कारोबार तथा वित्तीय लेनदेनप्रति आफू अनभिज्ञ रहेको बताएका छन्। उनले सहकारी संस्थाले नपाएको दाबी गरिएको विप्रेषण भुक्तानीबारे प्रभु मनी ट्रान्सफरसँग कुनै दोष नरहेको स्पष्ट पारेका हुन्। 

उनले  प्रभु मनी ट्रान्सफरको सम्पूर्ण दैनिक काम कारबाहीको अधिकार नायव महाप्रबन्धक रामेश्वर सापकोटालाई दिएको बताएका छन्। सोही अनुसार सापकोटाले करार नियम अनुसार प्रभु म्यानेजमेन्ट  र प्रभु मनी ट्रान्सफरको सहमतिमा प्रभु म्यानेजमेन्टलाई सुपर एजेन्ट को रूपमा सम्झौता गरेको उनी बताउँछन्। प्रभु मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स कारोबार बाहेक अन्य कारोबार तथा लेनदेन हुने गरेको थिएन।

कुसुम लामा प्रभु टेक्नोलोजीको स्थापनाकाल देखिनै प्रमुख कार्यकारी अधिकृत भई काम गरेकी थिइन। सो समयमा प्रभु म्यानेजमेन्टको समेत ४० प्रतिशत शेयर प्रभु टेक्नोलोजीमा रहेको थियो। सो कारण लामाले एनसिएल र वल्ड लिंकसँग प्रभु टेक्नोलोजी बिक्री गर्ने प्रक्रिया सुरु गरेकी थिइन।

कुसुम लामासँग मेजोरिटी शेयर भएको कारण राम्रो मूल्यमा बिक्री हुन नसक्ने कारण देखाई प्रभु टेक्नोलोजीमा रहेको भट्टचनको शेयर लामाको कम्पनी प्रभु म्यानेजमेन्टले खरिद गरेको हो। त्यसपछि भट्टचनले प्रभु म्यानेजमेन्ट छोडिसकेले अरू जानकारी नभएको भट्टचनले बताए।