एक करोडबाट सुरु भएको प्रभु म्यानेजमेन्टको १४ कम्पनीमा ६२ करोडभन्दा बढी लगानी


काठमाडौं – प्रभु म्यानेजमेन्टमा सुरुमा लगानी भएको पुँजी एक करोड मात्रै वास्तबिक लगानी भएको गणेश कुमार घिमिरेले बयानका क्रममा बताएका छन् । सो बाहेक अन्य समयमा गरिएका पुँजी बृद्दीमा भएको लगानी प्रभु म्यानेजमेन्टको सहकारीहरुले धरौटी स्वरुप जम्मा गरेको रकम प्रयोग भएको उनले बताएका हुन् ।

प्रभु म्यानेजमेन्टले सहकारीसंस्थाले धरौटी स्वरुप प्रभु म्यानेजमेन्टमा जम्मा गरेको रकम र विभिन्न बैंकहरुबाट प्रभु म्यानेजमेन्टले लिएको कर्जाहरु समेत विभिन्न कम्पनीहरुमा लगानी भएको सीआईबीले दायर गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

प्रभु म्यानेजमेन्टले १४ वटा कम्पनीहरुमा ६२ करोड १५ भन्दा बढी कर्जाहरु दिएको थियो । प्रभु म्यानेजमेन्टले क्रेडिट इन्फोरमेशन सेण्टर, ईलेक्ट्रोनिक्स पेमेन्ट सिष्टम, फिनान्सेस प्रालि, लाजिम्पाट अपार्टमेण्ट, हिम रिभर पावर, महाकाली डिजिटल नेटवर्क, प्रभु कोअपरेटिभ्र सर्भिस, प्रभु टेक्नोलोजी ,सिम्पल टेलिभिजन टेनवर्क, प्रभु लाईभ इन्स्योरेन्स, स्मार्ट च्वाईस टेक्नोलोजी, प्रभु बैंक, जानकी मेडिकल कलेजलाई ६२ करोड १५ भन्दा बढी कर्जाहरु दिएको उक्त अभियोग पत्रमा उल्लेख गरिएको छ । घिमिरे प्रभु म्यानेजमेन्टमा रहँदासम्ममा उक्त कर्जाहरु फिर्ता भइनसकेको सीआईबीसङ्गको बयानमा बताएका छन् ।