काठमाडौं – पछिल्लो समय डिजिटल भूक्तानीका साधनहरुको प्रयोग बढ्दो छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार करिब एक वर्षमा २४ लाख बढी वालेट प्रयाेगकर्ता थपिएका छन्।
तथ्यांकअनुसार २०८१ असोजसम्ममा २ कराेड ४५ लाख ९६ हजार जना वालेट प्रयाेगकर्ता रहेकामा २०८२ असाेजमा २ कराेड ६४ लाख ८८ हजार ६७१ पुगेका छन्। २०८२ काे भदाैमा वालेट प्रयाेगकर्ताकाे संख्या २ कराेड ७१ लाख ६७ हजार ८२६ जना रहेकाे थियाे ।
यस्तै, २०८१ को असारसम्म २ करोड ३४ लाख ६१ हजार १ सय ७ जना वालेट प्रयोगकर्ता रहेकोमा ८२ असारमा २ करोड ६७ लाख ६५ हजार ६ सय ६० जना पुगेका थिए।
२०८१ काे असारसम्ममा वालेटबाट ३ अर्ब ८१ कराेड ४७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाेमा २०८२ काे असारमा बढेर ४ अर्ब ८४ कराेड ४१ लाख रूपैयाँ पुगेकाे छ। यस्तै, २०८१ असाेजमा ४ अर्ब ५४ कराेड ८ लाख रूपैयाँ काराेबार भएकाेमा २०८२ असाेजमा बढेर ४ अर्ब ६९ कराेड ५४ लाख रूपैयाँ पुगेकाे छ।






About Us
प्रतिक्रिया