लक्ष्मी सनराइज बैंकले बोलायो वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने 


काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे सो सभा बोलाएको हो। 

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।