काठमाडौं – कामना सेवा बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १० हजार कित्ता शेयर बिक्रीमा राखेको हाे । बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथामिकता बैंकको विद्यमान शेयरधनीलाई रहेको जनाएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक बैंकको विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । आवेदनक शेयरधनीले बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आफुले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया