सीईओसँगै प्रभु बैंकका डिसीईओ मनिराम पोखरेल पक्राउ


काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनिराम पोखरेल पक्राउ परेका छन् । सीआईबीको टोलीले सीईओसहित डिसीईओ पोखरेललाई पक्राउ गरेको हो ।

उनलाई बैंकको केन्द्रीय कार्यलयबाट पक्राउ गरेको हो । सीआईबीको एक टोलि यतिबेला प्रभु बैंकमा नै छ ।