द ब्रिटिस कलेजको २०२३ को दीक्षान्त समारोह सम्पन्न , ४०७ जना विद्यार्थी दीक्षित 

द ब्रिटिस कलेजको २०२३ को दीक्षान्त समारोह सम्पन्न , ४०७ जना विद्यार्थी दीक्षित 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपालमा  शैक्षिक हिसाबले गुणस्तरीय रुपमा कहलिएको द ब्रिटिस कलेजले २०२३ को दीक्षान्त समारोह सम्पन्न गरेको छ । कलेजले शुक्रवार  हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरि ४ सय ७ जना विद्यार्थीहरूलाई दीक्षित गरी समारोह सम्पन्न गरेको हो । 

\"\"

लिड्स बेकेट युनिभर्सिटी (एल बी यू) र द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड (यू डब्ल्यू ई) का विद्यार्थीहरू दीक्षित भएका हुन्। दीक्षान्त समारोह दुई सत्रमा सञ्चालन भएको थियो। पहिलो सत्रमा बिजनेश विषयहरू बीबीए, एमबीए, बीएचएम, एमआईबीएम र ईएमबीएका विद्यार्थीहरू दीक्षित भएका थिए भने दोस्रो सत्रमा आईटी विषयहरू बिएससी अनर्स कम्प्युटिङ र एमएससी आइटीका विद्यार्थीहरू दीक्षित भएका हुन् ।

\"\"

द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर दीक्षान्त समारोहको उद्घाटन गरेका थिए ।  कार्यक्रममा स्वागत मन्तव्य राख्दै ब्रिटिस कलेजको प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले सबै  दीक्षित विद्यार्थीहरूलाई बधाई साथै आउने भविष्यको लागी समेत शुभकामना दिएका छन् । कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो संस्था कति ठूलो भएको छ, भन्ने यो एउटा प्रमाण हो, अब हामीले दुईवटा शत्रहरु सम्पन्न गर्नुपर्ने छ । म आज सबै ग्राजुयटहरुलाई बधाई तथा आगामी दिनको शुभकामना व्यक्त गर्न चाहन्छु,’ उनले भने । तपाईहरु टीबीसीका पूर्व विद्यार्थीहरु बन्नुभएको छ। अब हामी तपाईँहरूले के गर्नुहुन्छ भनेर जान्न निकै उत्साहित छौं,’ ।

\"\"

ब्रिटिस कलेज सल्लाहकार जोन एडवर्ड होलिस्टर मोन्टागुले दीक्षान्त समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । लामोसमयदेखि कलेजको सल्लाहकार तथा एमबीई ब्रिटिस एजुकेसन ग्रुपका उपाध्यक्ष पाउल क्लिभ्सले उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेका थिए।

त्यस्तै, कार्यक्रममा विशेष अतिथिहरूले प्रेरणादायक मन्तब्य दिएका थिए। जसमा, मिसन ब्रिटिस एम्बेसीका डेप्युटी हेड हेइडी ताभाकोली कलेजका सल्लाहकारहरू माइकल रुटल्याण्ड ओबीई, प्रोफेसर फर्गस लियोन र ११ औं अर्ल अफ स्डाण्डवीचका माननीय एडवर्ड होलिस्टर मोन्टागुले बेलायतबाट भिडियो सन्देश पठाएका थिए।

त्यस्तै पार्टनर विश्वविद्यालयका जनप्रतिनिधिहरूले कार्यक्रममा आफ्नो मन्तव्य दिएका थिए। लिड्स बेकेट विश्वविद्यालयका स्कुल अफ बिल्ट इन्भाइरोमेन्ट एण्ड इन्जिनियरिङका डीन प्रोफेसर अकिन्टोला अकिन्टोएले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘आजको दिन लिड्स बेकेट र ब्रिटिस कलेज बीचको अन्तर्राष्ट्रिय सहकार्यको ठूलो दिन हो, हामी यो सम्बन्धलाई अझै सुदृढ बनाउँदै विश्वभरि नै धेरै ग्राजुयटहरु उत्पादन गर्न अगाडि बढ्नेछौँ उनले भने।’

\"\"

त्यस्तै, यूडब्ल्यूईको पार्टनरसिप र इन्टरनेशनल तथा इन्टेरियम हेड अफ बिजनेश एण्ड म्यानेजमेन्टका डीन डा। पल बेनेटले दीक्षित विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे। उनले यूडब्ल्यूई र टीबीसी बीचको लामो समय देखिको साझेदारीबारे आफ्नो भनाई राख्दै ग्राजुयटहरुलाई आल्मुनी कम्युनिटीमा स्वागत गरे।

दुबै सत्रका दीक्षान्त समारोहमा कलेजको सीईओ, कार्यकारी निर्देशक, उपप्राचार्य, शिक्षाविद्हरूको, नेपाल तथा बेलायतका विशिष्ट पाहुनाहरुसँगै , एकेडेमिसियन, दीक्षित हुने विद्यार्थी, र विद्यार्थीका अभिभावकको उपस्थिति रहेको थियो । 

कार्यक्रमका अतिथिहरूले ब्रिटिश कलेजमा अध्ययन गरेका विद्यार्थीले नेपालको विकासमा प्रशस्त योगदान गर्न सक्ने भन्दै विद्यार्थीको हौसला बढाएका थिए । विद्यार्थीहरूले द ब्रिटिस कलेजबाट हासिल गरेको ज्ञान नेपालको विकासमा लगाउने छन् भन्ने आशा गरेको बताए ।  

\"\"

विद्यार्थीहरू आफ्ना पाठ्यक्रम साथी तथा चित्रहरूसँगै डिग्री प्राप्ताङ्कका खुसी देखिएका थिए । आफ्नो डिग्री पूरा गरेका धेरैले परिवारले द ब्रिटिस कलेजका समर्पित स्टाफ र साथीहरूलाई धन्यवाद समेत दिएका छन्।

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"