काठमाडौं – खराब कर्जा बढ्दा विकास बैकहरु कमजोर बन्दै गएको देखिएको छ । बैंकहरुले गरेको लगानी उठ्न नसक्दा खराब कर्जा बढ्दो छ । बैंकहरुको कर्जा उठ्न नसक्दा विकास बैंकहरु कमजोर बन्दै गइरहेका छन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार विकास बैंकहरुको खराब कर्जा ५८ प्रतिशतसम्म पुगेको छ । राष्ट्र बैंककाअनुसार गत असारमसान्तसम्ममा विकास बैंकहरुको औसत खराब कर्जा अनुपात ४.६३ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंककाअनुसार सबैभन्दा बढी खराब कर्जा हुने बैंकमा नारायणी विकास बैंक रहेको छ । बैंकको खराब कर्जा ५०.९७ प्रतिशत रहेको छ । यस्तै, दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकको १२.५६ प्रतिशत पुगेको छ । साथै, सप्तकोशी विकास बैंकको ९.१०, ज्योति विकास बैंकको ७.९८, एक्सेल डेभलपमेन्ट बैंकको ६.७१, सिन्धु विकास बैंकको ६.०३, सांग्रिला डेभलपमेन्ट बैंकको ५.६४ प्रतिशत खराब कर्जा रहेको छ ।
यस्तै, महालक्ष्मी विकास बैंकको ४.८५, गरिमा विकास बैंकको ४.७२, लुम्बिनी विकास बैंकको ४.५५, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४.२४, कामना सेवा विकास बैंकको ३.३८, ग्रिन डेभलपमेन्ट बैंकको ३.३३, मुक्तिनाथ विकास बैंकको २.७५, साल्पा विकास बैंकको २.६२ र मितेरी विकास बैंकको ०.२८ प्रतिशत खराब कर्जा रहेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णली डेभलपमेन्ट बैंकको पनि खराब कर्जा ६८.८२ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया