नारायणी डेभलपमेन्ट बैंकको ६ लाख २१ हजार कित्ता हकप्रद शेयर बिक्रीमा


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले बुधबार एक सूचना जारी गर्दै संस्थापकतर्फको ६ लाख ३ हजार १ सय ६२ कित्ता र सर्वसाधारणतर्फको १८ हजार ४४४ कित्ता शेयर नबिकेपछि लिलाम बिक्रीमा राखेको हो।

बैंकले यी शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। शेयर किन्नका लागि बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ। सो बोलपत्र मंसिर ११ गतेदेखि २५ गतेभित्र बुझाउनु सक्नुपर्ने कम्पनीले जनाएको छ।

लिलामीका लागि आवश्यक बोलपत्र फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं सहित ग्लोबल आइएमई बैंकका विराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखाबाट प्राप्त गरी त्यही बुझाउन सकिने कम्पनीले जनाएको छ।