काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मंसिर ११ गतेबाट बजारमा १०० रुपैयाँ अंकित दरका नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ।
केन्द्रीय बैंकले १०० रुपैयाँ दरको साविककै आकार तथा रङमा संकेत नं. क२०–०००००१ देखि घ४०–९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ बैंक नोट प्रचलनमा ल्याएको हो।

यस्तो छ एक सयको नयाँ नोटको विशेषता
नोटको अग्रभागमा
- वायाँतर्फ सगरमाथाको चित्र रहेको
- दायाँतर्फ लागिगुराँसको पानी छाप रहेको ।
- मध्य भागमा नेपालको नक्सा रहेको ।
- मध्य भागमा अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको । साथै अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्लो रहेको र वायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिक मा मायादेवीको चित्र रहेको ।
- २ मिलिमिटर चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको ।
- तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको ।
- तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०८१ लेखिएको ।
नोटको पृष्ठ भागमा
- मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको ।
- मध्य भागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको ।
- तल्लो भागको बोर्डरमा RUPEES ONE HUNDRED लेखिएको ।
- तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा 2024 A.D. एडी लेखिएको ।



About Us
प्रतिक्रिया