काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्तापूँजीको ८.०३ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया