एडीबीको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर बढ्ने, मूल्य वृद्धिदर घट्ने 

एडीबीको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर बढ्ने, मूल्य वृद्धिदर घट्ने 


बैकिङ्ग समाचार,काठमाडौं । 

एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

एडीबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै एडीबीले कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि हासिल गरेपनि गत आर्थिक वर्षमा वृद्धिदर अपेक्षित भन्दा बढी नै घटेको उल्लेख गरेको छ । 

गत आर्थिक वर्षमा वृद्धिदर १.९ प्रतिशत रहेको थियो । यस वर्ष भने ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले चालु आवमा मुद्रास्फीति दर (मूल्यवृद्धि) ६.२ प्रतिशत हुने जनाएको छ । गत आवमा ७.७ प्रतिशत रहेको थियो ।