कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंक लिमिटेडले आजदेखि १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले सो शेयर खरिदका लागि पहिलो प्रथामिकता विद्यामान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ।

सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

आवेदनकले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं–२, टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।

यदि बैंकले तोकेको म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ।