काठमाडौं – निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकहरुको मुद्धति निक्षेपमा लगानी गने भएको छ। कोषले बैंकहरुको मुद्धति निक्षेपमा ४ अर्ब १५ करोड लगानी गर्ने भएको हो। यसका कोषले वाणिज्य बैंकहरुबाट प्रस्ताव आह्वान गरेको छ।
कोषकाअनुसार बैंकहरुले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी कुल लगानीयोग्य रकममध्ये लिन चाहेको रकम खोली कोषमा बुझाउन आह्वान गरेको छ। यो निक्षेप लिन चाहने बैंकहरुले मंसिर १५ कार्यालय समय भित्र आवेदन पेस गर्न सक्नेछन्।
यसका लागी कोषले बैंक संचालनमा आएको कम्तीमा पाँच वर्ष पुरा गरेको, पछिल्लो आर्थिक वर्षहरुमा लगातार पाँच वर्षदेखि नाफामा रहेको, नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात वा कर्जारनिक्षेप अनुपात नेपाल राष्ट्र बैंकले समय-समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने बताएको छ।
यस्तै, लगानी गरिने बैंक वा त्यसको कार्यकारी अध्यक्ष, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले प्रचलित कानून बमोजिम सचेत गराउने बाहेकका अन्य जरिवाना वा सजाय गरेको अवस्थामा सो कारवाही भएको ६ महिना पूरा भएको र शीघ्र सुधारात्मक कारवाहीमा परेको भए सो कारवाही फुकुवा भएको कम्तिमा तीन महिना पूरा भएको समस्याग्रस्त घोषणा नभएको बैंकले आवेदन पेस गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया