काठमाडौं – सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न २१ औं वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सो सभा मंसिर २९ गते सोमबारको बिहान ११ बजे आभ्या क्लब, घारीपाटन १७ पोखरा, कास्कीमा बोलाएको हो।
कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितको बैठकको निर्णयले अषाढ मसान्त सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद (कर प्रयोजनको लागी)लाभांश रुपमा शेयरधनीहरुलाई वितरणको प्रस्ताव गरेकोमा छ ।
सो लाभांश प्रयोजनको लागि शेयर दाखिला खारेज बन्द ९बुक क्लोज० मंसिर १८ गते हुनेछ ।






About Us
प्रतिक्रिया