बैंकिङ्ग समाचार, काठमाडौं ।
आइपिओमा १० कित्ते नीतिले समस्या भएको नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्राथमिक सेयर (आइपिओ) मा १० कित्ते नीतिले अन्डर राइटिङमा समस्या निम्तिएको बताएका हुन् ।
त्यस्तै नेपाल धितो पत्र बोर्डले प्राथमिक सेयर आइपिओमा हालको १० कित्ते नीतिलाई परिमार्जन गर्ने पनि बताए । पछिल्लो समय आइपिओमा १० कित्ते नीतिले समस्या निम्त्याएको भन्दै यसलाई परिमार्जन गर्ने तयारी जिकिर गरे।
यस नीतिमा सकारात्मक कुराहरू भए पनि यसका नकारात्मक कुराहरू हटाउनुपर्ने आवश्यकता देखिएको हमाल बताउँछन् ।‘आइपिओमा १० कित्ते नीतिको केही सकारात्मक पक्ष पनि छन् । तर, खराब पक्षको म विरोधी हो,’ उनले भने, ‘सबल पक्षलाई हामीले राख्नुपर्छ । तर, अहिले आइपिओमा १० कित्ते नीतिले समस्या निम्त्याएको छ ।
’१० कित्ते नीति हट्ने नहट्ने भन्दा पनि बहुआयामिक पक्षलाई हेरेर यो नीतिको नकारात्मक पक्षलाई कसरी सल्टाउने भन्ने कुरा महत्त्वपूर्ण रहेको अध्यक्ष हमाल बताउँछन् । विद्यार्थी, गृहिणी तथा ससाना पुँजी भएका वर्गको पूँजी बजारमा पहुँच बढाउने उद्देश्यका साथ २०७५ चैत २७ गतेदेखि यो व्यवस्था धितो पत्र बोर्डले लागू गरेको थियो ।



About Us
प्रतिक्रिया