काठमाडौं – कुमारी बैंक लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ८ सय ८२ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकको विद्यामान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।
सो शेयर खरिदका लागि बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं –१ नक्साल नागपोखरी वा बैंकको प्रधान कार्यालय –२ टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया