मितेरी डेभलपमेन्ट बैंकको सञ्चालकमा ३ जना  निर्विरोध निर्वाचित 


काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकको सञ्चालकमा३ जना निर्विरोध निर्वाचित भएका छन्। बैंकको उक्त पदमा शम्भु प्रसाद श्रेष्ठ, बन्दना वैद्य र सुमित कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका हुन्। 

बैंकको मंसिर ६ गते बसेको सञ्चालक समितिको २० औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका तीन जना सो पदमा नियुक्त भएका हुन्।