काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३९ औं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले मंसिर २९ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सो सभा बोलाएको हो। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया