काठमाडौं – यो साता शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। यो साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)समग्रमा १५ अंकले बढ्यो। बजार दोहोरो अंकले बढे पनि कारोबार रकम भने घटेको छ।
साताको पाँच कारोबारको दिनमा ३ दिन बजार घट्दा २ दिन बढ्यो। यससँगै, साता भरमा १८ अर्ब माथिको शेयर कारोबार भएको छ। आइतबार नेप्से ५.१५ अंकले घट्दा सोमबार भने बजार झिनो अंकले बढ्यो। मंगलबार दोहोरो अंक अर्थात् १५.७० बढेकाे नेप्से बुधबार ४.४८ अंकले घट्यो।
त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा ०.७९ अंकको गिरावटसँगै सूचक २५ सय ६० दशमलव २९ को बिन्दुमा कायम भयो।
कुन दिन कति भयो कारोबार ?
आइतबारः ३ अर्ब ४२ करोड रुपैयाँ
सोमबारः ३ अर्ब ८९ रुपैयाँ
मंगलबारः ४ अर्ब रुपैयाँ
बुधबारः ३ अर्ब ७३ करोड रुपैयाँ
बिहीबारः४ अर्ब ६५ करोड रुपैयाँ





About Us
प्रतिक्रिया