शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै


काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार मंसिर २६ गते, शुक्रबार, होटल सेफ्रन सिके बुटवलमा १७ औं वार्षिक सभा बोलाएको हो । उक्त सभा अपरान्ह १२ः३० बजेदेखि सुरु हुनेछ ।

सभाले बैंकको हाल चुक्ता पुँजीको ३ प्रतिशत बोनश शेयर र सोको (कर प्रयोजनार्थ) सहित १० प्रतिशत नगद लाभांश विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ साल आसार मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा वा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो सभामा सहभागिता जनाउन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।