नेप्सेमा ०.९३ अंकको गिरावट, कारोबार रकम भने बढ्यो


काठमाडौं – साताको अन्तिम कारोबारको दिन (बिहिबार) शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ०.९३ अंकले घटेर २५ सय ६० दशमलव १५ को बिन्दुमा बजार बन्द भएको छ।

आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै साहास ऊर्जा लिमिटेडको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्था, वन्दीपुर केवलकार एण्ड टुरिजम, झापा इनर्जीका लगानीकर्ताले कमाएका छन्। यी तिन कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्।

आज सबैभन्दा धेरै भुगोल हाइड्रोका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.५ प्रतिशतका दरले गुमाएका हुन्।