लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा


काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर (कर प्रयोजनार्थ) र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने बैंकले जनाएको छ।