गरिमा विकास बैंकद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ।

बैंकको कात्तिक २७ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट लेखापरीक्षण गर्न जोशी एण्ड भण्डारी चार्टड एकाउन्टेन्ट्स डिल्लीबजार, काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरेको हो।