हिमालयन बैंकका सञ्चालक तालिबले दिए राजीनामा


काठमाडौं – हिमालयन बैंकको सञ्चालक फरहान तलाबिले राजीनामा दिएका छन्। बैंकको सञ्चालकमा हबिब बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै आएका तालिबले नोभेम्बर ५ मा सो पदबाट राजीनामा दिएका हुन्।

बैंकको १० नोभेम्बरमा बसेको सञ्चालक समितिको बैठक नम्बर ४८४ बाट उनको राजीनामा स्वीकृत गरेको बैंकले जनाएको छ।