घोराही सिमेन्टले तिर्‍यो डेडिकेटेड लाइनको १ करोड ८१ लाख बक्यौता


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणलाई घोराही सिमेन्टले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन प्रयोग गरेबापत १ करोड ८१ लाख रुपैयाँ बक्यौता तिरेको छ । घोराही सिमेन्टले ५० करोड ८५ लाख तिर्न बाँकी थियो ।

सिमेन्टले बुधबार पहिलो किस्ता तिरेसँगै उद्योगमा लाइन जोडिएको छ ।