काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा रहेकी एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी – ४ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने ४५ वर्षीय बिन्दा ढुंगेल रिजाल रहेकी छिन्।
रिजालविरुद्ध उच्च अदालत पाटन, ललितपुरबाट एक र काठमाडौं जिल्ला अदालत बबरमहल, काठमाडौंबाट ४ गरी पाँच वटा मुद्दामा फैसला भएकाे छ। रिजालविरुद्ध बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुर र काठमाडौं जिल्ला अदालत बबरमहल, काठमाडौंबाट ५ वटा मुद्दा फैसला भई तिस दिन कैद र ३ करोड ५९ लाख ९६ हजार जरिवाना ठहर भएको प्रहरीले जनाएको छ ।
साथै, उनीविरुद्ध २० लाख बिगो भएको वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दामा समेत पक्राउ अनुमति प्रदान भई आएको प्रहरीले जनाएको छ। उनलाई ललितपुरको महालक्ष्मीबाट पक्राउ गरी फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहल, काठमाडौं उपस्थित गराइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया