काठमाडौं – आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा एकोहोरो अंकले घटेर बन्द भएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज नेप्से परिसूचक ५.८० अंकले घटेर २५ सय ६० दशमलव २९ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेसँगै ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।
आज दिनभरिमा ३२७ कम्पनीको ८६ लाख ४७ हजार ८ सय ८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, युनियन हाइड्रोपावरको २५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावर, सागर डिष्टिलरी र र गूगोल हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।



About Us
प्रतिक्रिया