काठमाडौं – आज आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत भएको छ। आज यस कम्पनीको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता शेयर गरी कुल ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको छ। सोही रेन्जका आधारमा भोली सोमबार देखि दैनिक दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार हुनेछ।



About Us
प्रतिक्रिया