वाणिज्य बैंकमा स्तरोन्नति प्रक्रियामा रहेको मुक्तिनाथ विकास बैंकको यस्तो छ वित्तीय सूचक


काठमाडौं – वाणिज्य बैंकमा स्तरोन्नति हुन लागेको मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । आफुलाई वाणिज्य बैंकमा स्तरोन्नतति गर्न चाहिरहेको बैंकले पहिलो त्रैमासमा २२ करोड ४७ लाख ७४ हजार बैंकले नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा भने कम हो ।

गत आर्थिक वर्षको यही समयमा बैंकले २८ करोड १८ लाख १९ हजार नाफा आर्जन गरेको थियो । यस्तै, बैंकले तीन महिनासम्ममा खुद फि तथा कमिसन आम्दानी १२ करोड ७० लाख ८३ हजार पुगेको छ ।

असोजसम्म १ अर्ब १८ करोड ५५ लाख १० हजार खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यही समयमा बैंकले १ अर्ब ११ करोड ७ लाख ४२ हजार खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, असोजसम्ममा बैंकको सञ्चालन मुनाफा ३२ करोड ११ लाख ६ हजार रहेको छ ।

बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसामा कायम छ । हाल ७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ । चालु वर्षको असोज मसान्तसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस्तै, बैंकको खराब कर्जा अनुपात पनि केही बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ३.१६ प्रतिशत रहेको बैंकको खराब कर्जा ४.०३ प्रतिशत रहेको छ ।