काठमाडौं – यो साताको शेयर बजार झिनो अंकले घटेर बन्द भयो । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ४.२५ अंक घट्यो । यो साता नेप्सेमा गिरावट देखिएपछि कारोबार रकम भने गत साताको तुलनामा बढ्यो। यो साताभरि भएको ५ कारोबारमा ३ दिन बजार घटेको छ भने २ दिन बढेको थियो । यससँगै, साताभरमा २७ अर्ब माथिको शेयर कारोबार भयो ।
आइतबार नेप्से ३०.७५ अंकले बढेर २६ सय ३१ दशमलव १४ को बिन्दुमा बन्द भएको थियो । त्यस्तै, सोमबार ८.२४ अंकले घटेर बजार २६ सय २२ दशमलव ८९ को बिन्दुमा पुगेर बन्द भयो । त्यसैगरी, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से २७.६४ अंकले घटेर बजार २६ सयको सूचकबाट घटेर २५ सय ९५ दशमलव २४ को बिन्दुमा झर्यो ।
त्यसैगरी, साताको चौथो कारोबारको दिन बुधबार १२.१७ अंकले शेयर बजार बढेर बजार २६ सय ७ दशमलव ४२ को बिन्दुमा बन्द भयो । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा ११.२९ अंकको गिरावटसँगै सूचक २५ सयको बिन्दुमा रोकियो ।
कुन दिन कति भयो कारोबार ?
यो साता कारोबार रकम भने २७ अर्बमा सीमित भएको छ । आइतबार ७ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार करिब २ अर्ब रुपैयाँले घटेर ५ अर्ब ९६ करोडमा सीमित भएको थियो ।
त्यस्तै, साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार कारोबार रकम ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसैगरी, साताको चौथो कारोबारको दिन बुधबार ४ अर्ब ६२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । यससँगै साताको अन्तिम कारोबारको दिन अर्थात् बिहीबार ५ अर्ब ३२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।






About Us
प्रतिक्रिया