मेरो यात्रा शिक्षकको कक्षा कोठाबाट सुरु भयो । बीमा क्षेत्रमा व्यवस्थापनको अनुभव सँगाल्दै, आज म प्रविधि उद्यमी बन्ने लक्ष्यमा पुगेको छु । यी अनुभवहरूले मलाई एउटा कुरा सिकाए: ‘सफलता केवल व्यापार वा नाफामा होइन, विश्वास, टिमवर्क र संरचनामा आधारित हुन्छ ।’
मेरो जीवनको हरेक अनुभवले मलाई यो पनि सिकायो: ‘सपना ठुला देख्न नडराउनुहोस्, किनभने असम्भव भन्ने कुरा मेहनतले बदलिन्छ । ‘म अहिले प्रविधि उद्यमीको रूपमा, विश्वास गर्छु कि साँचो विकास केवल समस्या समाधानमा होइन, अवसर सिर्जना गर्न सक्ने सोचमा छ । मेरो पेसागत यात्रा Secondary Level Teacher को रूपमा सुरु भयो ।
त्यस क्रममा मैले विद्यार्थीहरूलाई ज्ञानसँगै आत्मविश्वास र सृजनशीलता सिकाएँ । पछि ECA & Event Coordinator भएर मैले बुझेँ- नेतृत्व भनेको आदेश होइन, प्रेरणा हो । तत्पश्चात् Insurance Sector मा Branch Manager भएर काम गर्दा मैले ग्राहक व्यवहार, व्यवस्थापन र निर्णय क्षमताको गहिरो अनुभव पाएँ । यी सबै पाइलाले मेरो सोचलाई परिष्कृत गर्यो र अन्ततः मैले प्रविधिको क्षेत्रमा आफ्नै बाटो रोज्ने निर्णय गरेँ ।
Dkedar Tech7 — मेरो सोचको प्रतिफल:
मेरो विचारमा, प्रविधि केवल कारोबारको औजार होइन, यो देश निर्माणको माध्यम हो। त्यसैले मैले Dkedar Tech7 Private Limited स्थापना गरेँ । यहाँ हामी नेपाली बजारका लागि विश्वस्तरको प्रविधि सेवा प्रदान गर्दैछौँ । गत ६/७ महिनादेखि म र मेरो टिम निरन्तर नेपाली बजारमा प्रविधि विस्तारका लागि समर्पित छौँ । हाम्रो उद्देश्य केवल प्रोजेक्ट पूरा गर्नु होइन, स्थानीय व्यवसायलाई डिजिटल युगमा रूपान्तरण गर्नु हो ।
हाम्रा प्रमुख सेवा क्षेत्रहरू:
•Website Development आकर्षक, गतिशील र प्रयोगमैत्री वेबसाइटहरू
•Web Application Development व्यवसायअनुसार कस्टम वेब प्रणाली
•E-Commerce Solutions, सुरक्षित र प्रयोगमैत्री अनलाइन प्लेटफर्म
•Digital Marketing & SEO, ब्रान्डलाई डिजिटल रूपमा मजबुत बनाउने रणनीति
•Tech Training Programs ‘Learn & Earn’,मोडेल अन्तर्गत व्यवहारिक सीप विकास
•Security Management Services,डिजिटल सम्पत्तिको सुरक्षा र जोखिम व्यवस्थापन
•Custom Software Development,व्यवसायको आवश्यकता अनुसार विशेष सफ्टवेयर
•UI/UX Design,आधुनिक, उपयोगकर्ता अनुकूल र आकर्षक डिजिटल अनुभव
नेपाली बजारको प्रविधि रूपान्तरण
मेरो विश्वास छ, प्रविधि केवल सुविधा होइन, यो सम्भावना हो । Dkedar Tech7 मा हामी केवल समस्या समाधान गर्नेमा सीमित छैनौँ; हामी नेपालमा प्रविधि बिस्तार र भविष्य निर्माण गर्न काम गर्छौँ ।
हाम्रो उद्देश्य:
‘नेपाली व्यवसायलाई डिजिटल बनाउने, युवालाई सीपवान् बनाउने, र देशलाई प्रविधिमा आत्मनिर्भर बनाउने ।’ Dkedar Tech7 रोज्नु भनेको केवल सेवा लिनु होइन, नेपालमै प्रविधिको भविष्य निर्माण गर्ने दृष्टि रोज्नु हो । हामी तपाईँलाई विश्वस्तको प्रविधि अनुभव दिन प्रतिबद्ध छौँ ।
मेरो सोच सधैँ एउटै छ:
सफलता तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यो तपाईँको समुदाय, देश र भविष्यका पुस्ताका लागि प्रेरणा बन्छ ।’
(संस्थापक भाटकाे विचारमा आधारित)






About Us
प्रतिक्रिया