काठमाडौं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत बढेको छ । त्यस्तै, यो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रूपैयाँ रहेको छ । हाल १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ ।






About Us
प्रतिक्रिया