कुमारी बैंकको नाफामा गिरावट, कस्तो छ अन्य सूचक ?


काठमाडौं – कुमारी बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणले बैंकको नाफामा केही गिरावट आएको देखिएको हो । बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ५ करोड नाफा आम्दानी गरेको हो । जबकी बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड नाफा आर्जन गरेको थियो ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ८० करोड खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड खुद ब्याज आम्दानी गरेको हो ।

हाल बैंकको सञ्चालन मुनाफा पनि घटेर १ अर्ब ४२ करोड ४० लाख पुगेको छ । हाल २६ अर्ब २२ करोड ५८ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ।