काठमाडौं – सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४५ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै ४५ करोड ४९ लाख १८ हजार नाफा आर्जन गरेको बताएको हो । गत आर्थिक वर्षमा बैंकले ३९ करोड ९५ लाख ३० हजार नाफा आर्जन गरेको थियो ।
यस्तै, बैंकले असोजसम्ममा १ अर्ब ६८ करोड ८५ लाख २४ हजार खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत वर्ष १ अर्ब ३२ करोड १४ हजार खुद ब्याज आम्दानी गरेको थियो । बैंकको संचालन मुनाफा ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।



About Us
प्रतिक्रिया