काठमाडौं – सिटिजन्स बैंकको नाफा २२ करोड ४ लाख ११ हजार ऋणात्मक देखिएको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास वित्तीय विवरणअनुसार बैंकको नाफा ऋणात्मक देखिएको हो । जबकी बैंकले गत आर्थिक वर्षको यस अवधिसम्ममा १९ करोड ८२ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता, बैंकको नाफा ऋणात्मक हुँदा पनि खुद ब्याज आम्दानी भने बढेको छ । गत वर्ष बैंकले १ अर्ब ४९ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको बैंकले हाल बढाएर १ अर्ब ६६ करोड ६२ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, बैंकको सञ्चालन मुनाफा पनि ३७ करोड १८ लाख ५४ हजार ऋणात्मक छ । हाल १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोष ४१ करोड ४७ लाख ऋणात्मक छ ।
असोजसम्म बैंकको वितरणयोग्य नाफा ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । उता, खराब कर्जा ५.४१ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगिसकेको छ ।



About Us
प्रतिक्रिया