ब्याज आम्दानी बढ्दापनि बढ्न सकेन लक्ष्मी सनराइज बैंकको नाफा, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ३३ करोड २३ लाख नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा ३३ करोड २३ लाख ३१ हजार नाफा आर्जन गरेको हो ।

जबकी बैंकले गत आर्थिक वर्षको यही अवधिमा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले असोज मसान्तसम्ममा २ अर्ब ७१ करोड आम्दानी गरेको छ । बैंकले गत आर्थिक वर्षको यो अवधिमा २ अर्ब ६७ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

हाल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । हाल ७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ । हाल बैंकको खराब कर्जा अनुपात ५.४२ रहेको छ ।