काठमाडौं – नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५० अर्ब बढी नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको तीन महिनाको वित्तीय विवरणले बैंकको नाफा ५० करोड १५ लाख ६५ हजार रहेको देखाएको हो । जबकी बैंकले गत आर्थिक वर्षको यो अवधिसम्ममा ८१ करोड ४६ लाख ५१ हजार नाफा कमाएको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा १ अर्ब ३१ करोड ८६ लाख ५८ हजार खुद ब्याज आम्दानी गरेको छ । अद्दिल्लो वर्ष बैंकले १ अर्ब ३४ करोड बढी ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकको सञ्चालन नाफा पनि घटेर ७१ करोड ५७ लाख रुपैयाँ कायम भएको छ । हाल चुक्ता पूँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ रहेको छ । असोजसम्म बैंकको खराब कर्जा ३.०१ प्रतिशत कायम भएको छ ।



About Us
प्रतिक्रिया