काठमाडौं – एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १२ करोड बढी खुदनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनामा बैंकले १२ करोड २१ लाख नाफा कमाएको हो । जबकी अघिल्लो वर्ष यस्तो नाफा ११ करोड ५ लाख रहेको थियो ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानीमा केही गिरावट आएको छ । अघिल्लो वर्ष २ अर्ब ५५ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षमा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, हाल बैंकको सञ्चालन नाफा १९ करोड ३५ लाख २२ हजार रुपैयाँ पुगेको छ । यता, बैंकको वितरणयोग्य नाफा ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा २० अर्ब ९७ करोड ८१ लाख ३६ हजार रुपैयाँ छ । बैंकले ३ खर्ब ३७ अर्ब ३१ करोड ४८ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब २२ करोड १८ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।






About Us
प्रतिक्रिया