स्ट्यान्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा विद्या कुमार


काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्षमा विद्या कुमार नियुक्त भएकी छिन्। कुमार ५ नोभेम्बर २०२५ देखि लागू हुने गरी बैंकको अध्यक्षमा नियुक्त भएकी हुन् ।

उनीलाई अंकुर खुरानाको स्थानमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । खुरानाले अक्टोबर ३१ मा सञ्चालकबाट राजीनामा दिएसँगै सो पदमा कुमार नियुक्त भएकी हुन् । यसअघि अध्यक्षको कार्यभार वेणुगोपाल रंगनाथनले सम्हाल्दै आएका थिए ।