सागर डिष्टिलरीको ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने


काठमाडौं – आज कात्तिक २० गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सागर डिस्टिलरी लिमिटेडको शेयर सूचीकृत भएको छ। आज कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता (२० प्रतिशत)र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता (८० प्रतिशत) शेयर गरी कुल ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा कात्तिक २३ गते (आइतबार) देखि यस कम्पनीले दोस्रो बजारमा आफ्नो शेयर कारोबार गर्नेछ ।